नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी चौधरीले सीमा सुरक्षाको लागि नेपाली सेना खटाउन माग गरेकी छन्।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद चौधरीले भारतीयबाट नेपाली सुरक्षाकर्मीको हतियार खेस्नेसम्मको काम भैरहेको भन्दै सेना परिचालन गर्नुपर्ने माग गरेकी हुन्।
सीमामा नेपालीले दुःख पाइरहेको भन्दै चौधरीले सशस्त्र प्रहरीको सपोर्टको लागि नेपाली सेना खटाउनु पर्नेमा जोड दिईन्।
‘नेपाली सेनालाई भात खुवाएर राख्ने होइन, व्यापार गराउने होइन, सशस्त्र प्रहरीलाई सपोर्ट गर्न सीमा क्षेत्रमा खटाउनु पर्यो,’ चौधरीले भनिन्।
सांसद चौधरीले सीमा क्षेत्रमा जनतालाई एसएसबीले दुःख दिने र पिलर सार्ने काम गरेकोले बताइन्।