सोमबार, भदौ ८, २०८३

जिप दुर्घटनामा गाउँपालिका अध्यक्षको मृत्यु

नवलपरासीमा जिप दुर्घटना हुँदा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको ज्यान गएको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

काठमाडौं– नवलपरासीमा जिप दुर्घटना हुँदा प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको ज्यान गएको छ।

आइतबार जिल्ला सदरमुकाम परासीतर्फ जाँदै गरेको लु १ झ ३७० नम्बरको जिप दुर्घटना हुँदा शर्माको ज्यान गएको हो।

जिल्ला प्रहरी प्रमुख एसपी उदय केसीका अनुसार शर्मा चढेको गाडी बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा रहेको शिवकलोनी पुलबाट खोलामा खसेको छ।

दुर्घटनामा गम्भीर घाइते शर्माको चिसापानी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

गाडी अध्यक्ष शर्मा आफैंले चलाएको बुझिएको प्रहरीले जनाएको छ। गाडीमा सवार चालक हरिलाल राजभर घाइते छन्। उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ।

जिल्ला सदरमुकाममा आज बस्ने विपत् व्यवस्थापन समितिको बैठकमा सहभागी हुन शर्मा त्यसतर्फ जान लागेका थिए। ५३ वर्षीय शर्मा नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका थिए।

प्रकाशित: Jun 14, 2020| 13:02 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।