सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • धादिङमा थप २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८१ पुग्यो

धादिङमा थप २३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८१ पुग्यो

धादिङको नीलकण्ठ नगरपालिकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

धादिङ- धादिङको नीलकण्ठ नगरपालिकामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा शनिबार धादिङका २३ जनामा कोरोना पुष्टि भएको सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा सागरराज भण्डारीले जानकारी दिए ।

उनका अनुसार संक्रमितमध्ये ५ जना महिला र १८ जना पुरुष रहेका छन् । संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नम्बर १ का २४, २६, ३५ वर्षीया महिला र २६,३२,२९ वर्षीय पुरुष गरी ६ जना छन् ।

यस्तै वडा नम्बर ४ का २३ वर्षीय पुरुष, वडा नम्बर ७ का ३८, ३२, २५, २२, ६२, ३२, ३२, ४७, ३० वर्षीय पुरुष गरी ९ जना र वडा नम्बर १४ का ३२, ३५ वर्षीया महिला र १८, २०, २५, ४१, ४५ वर्षीय पुरुष गरी ७ जना छन् ।

उनीहरु सबै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु हुन् । क्वारेन्टाइनमा रहेकाहरुको आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ आएकाहरुको गत जेठ २९ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

थपिएका २३ जना सँगैनीलकण्ठ नगरपालिकामा मात्रै संक्रमित संख्या ३८ पुगेको छ भने धादिङमा संक्रमितको संख्या ८१ पुगेको छ ।

प्रकाशित: Jun 14, 2020| 10:55 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।