सोमबार, भदौ ८, २०८३

पर्वतको पहिरोमा पुरिएका ८ जनाको मृत्यु (अपडेट)

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित ढकालबारीमा शनिबार राति गएको पहिरोमा परेका ८ जनाको शव भेटिएको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

काठमाडौं- पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित ढकालबारीमा शनिबार राति गएको पहिरोमा परेर मृत्यु हुनेकाे संख्या ८ पुगेकाे छ।

जिल्ला प्रहरी कार्यालय, पर्वतका प्रहरी निरीक्षक मनीष श्रेष्ठका अनुसार पहिरोमा पुरिएर कुश्मा-३ का ६० वर्षीय तुलबहादुर थापा, ५८ वर्षीया निमुकुमारी थापा, ३१ वर्षीया कृपा थापा, १५ वर्षीय विवेक थापा, १२ वर्षीय सुनिल थापा र ८ वर्षीया बेबिशा थापाकाे मृत्यु भएकाे छ।

त्यस्तै २८ वर्षीया कमला विक र १२ वर्षीय जेनिस विकको पनि मृत्यु भएकाे उनले बताए। पहिराेमा पुरिएर जेनिसा विक हराइरहेकी छिन्।

उनको खोजी जारी रहेको श्रेष्ठले जानकारी दिए। पहिरोमा पुरिएकाको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धार गरिरहेको छ।

पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी, प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारी, कुश्माका नगरप्रमुख रामचन्द्र जोशी लगायतको टोली घटनास्थलमा पुगेको छ ।

शनिबार साँझ परेको मुसलधारे वर्षापछि पहिरो गएको थियो। 

प्रकाशित: Jun 14, 2020| 10:28 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।