सोमबार, भदौ ८, २०८३

सोलुखुम्बुमा खहरेखोलाले मिनीट्रक बगायो

खहरेखोलाले विद्युत्को पोल ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

सोलुखुम्बु- खहरेखोलाले विद्युत्को पोल ढुवानीमा प्रयोग गरिएको मिनी ट्रक बगाएको छ ।

सोलुखुम्बु प्रहरीका अनुसार शनिबार सोलुदूधकुण्ड नगरपाकालिका र थुलुङदूधकोशी गाउँपालिका सिमानामा पर्ने भित्तेखोलाले उक्त ट्रक बगाएको हो ।

बिग्रिएर पार्किङ गरी राखिएको राखेको बा३क ३५५६ नंको ट्रक वर्षासहित आएको भेलले सडकदेखि करिब ५० मिटर तल बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मन्दिप चौहानले जानकारी दिए । उनका अनुसार ट्रकमा पूर्णरुपले क्षति पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणको ग्रामीण विद्युतीकरणका लागि आवश्यक पोल ढुवानीमा प्रयोग भइरहेको सो मिनीट्रक केही दिन अगाडिदेखि बिग्रिएर सोही खोला किनारमा पार्किङ गरेर राखिएको थियो ।

ठेकेदार हरि खड्काले त्यस क्षेत्रमा काम गरिरहेको भए पनि उक्त ट्रक कसको हो भन्नेसमेत खुल्न नसकेको प्रहरीको भनाइ छ । अहिले ट्रकधनीको खोजी भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

शुक्रबार मात्रै प्राधिकरणकै विद्युत्को पोल लिएर सल्लेरीतर्फ आउँदै गरेको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको थियो ।

सोलुदूधकुण्ड नगरपालिका–८ शिकारीडाँडामा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित: Jun 14, 2020| 10:06 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।