सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट विदेशमा नेपालीको मृत्यु हुने क्रम रोेकियो

कोरोनाबाट विदेशमा नेपालीको मृत्यु हुने क्रम रोेकियो

आठ सातालगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता भने कोरोना भाइरसको संक्रमणबाट कसैकाे पनि मृत्यु नभएकाे एनआरएनएले जनाएकाे छ । 
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

काठमाडौं- कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ ।

आठ सातालगातार विभिन्न देशमा नेपालीले ज्यान गुमाए पनि यस साता भने कोरोना भाइरसको संक्रमणबाट कसैकाे पनि मृत्यु नभएकाे गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएकाे छ । 

एनआरएन, स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा शनिबार साँझसम्म उल्लेख्य कमी आएको छ ।

डेनमार्क, नेदरल्याण्ड्स, अष्ट्रेलिया, जापान, म्यानमा, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायत १५ देशमा बस्ने करीब नौ हजार नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

समितिले संकलन गरेको तथ्यांकानुसार विदेशमा रहेका १७ हजार ७९२ नेपाली कोरोना भाइरसबाट संक्रमिक भएका छन् ।

समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका तीन नेपालीमा कोरोना भाइरसको संक्रमण भेटियो । संघका अनुसार कोरोना संक्रमणले हालसम्म १२७ विदेशमा तथा नेपालमा १८ जना नेपालीको निधन भएको छ ।

सापकोटाका अनुसार नेपालका पाँच हजार ३३५ सहित ३५ देशमा २३ हजार १२७ नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसका कारण बेलायत, संयुक्त अरब इमिरेट्स, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड्स, स्वीडेनलगायत १३ देशमा रहेका नेपालीको ज्यान गएको थियो ।

प्रकाशित: Jun 14, 2020| 09:45 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।