सोमबार, भदौ ८, २०८३

पर्वतको पहिरोमा पुरिएका ५ जनाको शव भेटियो (अपडेट)

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित ढकालबारीमा शनिबार राति गएको पहिरोमा परेका ५ जनाको शव भेटिएको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित ढकालबारीमा शनिबार राति गएको पहिरोमा परेका ५ जनाको शव भेटिएको छ।

उद्धारमा खटिएका सुरक्षाकर्मीले हिजो राति तीन जना र आज बिहान दुई जनाको शव फेला पारेका हुन्। शनिबार साँझ परेको मुसलधारे वर्षापछि आएको पहिरोमा उनीहरु पुरिएका थिए।

मृत्यु हुनेमा ५८ वर्षका तुलबहादुर थापा, उनकी श्रीमती मीनकुमारी थापा र नातिनी छन्। मृतक अरु दुई जनाको पहिचान खुलेको छैन।

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली हिजो रातिदेखि नै उद्धारमा खटेको छ।

चार जना अझै बेपत्ता छन्।

प्रकाशित: Jun 14, 2020| 07:58 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।