सोमबार, भदौ ८, २०८३

मनसुन भित्रियो, एक सातामा देशभर फैलिने

नेपालको पूर्वी भागबाट मनसुन भित्रिएको छ। अहिले नेपालको पूर्वी भागबाट मनसुनी वायु तथा पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

नेपालको पूर्वी भागबाट मनसुन भित्रिएको छ। अहिले नेपालको पूर्वी भागबाट मनसुनी वायु तथा पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ।

सामान्यतयाः जुन १० तारिखमा नेपालमा मनसुन प्रवेश गर्छ। तर, यस वर्ष दुई दिन ढिलो अर्थात् १२ जुनदेखि मनसुन नेपाल प्रवेश गरेको छ। एक साताभित्र मनसुन देशभर फैलिने गर्छ। गत वर्ष भने १० दिन ढिलो अर्थात् २० जुनमा मनसुन भित्रिएको थियो।

मनसुन भित्रिएसँगै पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशका भूभागमा पश्चिमी वायुको प्रभावले बदली र वर्षाको अवस्था रहेको विभागको भनाइ छ।

यस वर्षको मनसुनमा सरदर पानी पर्ने मौसमविदले बताउँदै आएका छन्।

आगामी तीन दिनको मौसम पूर्वानुमान

जेठ ३२ गते आइतबार

प्रदेश १ र प्रदेश २ मा पूर्ण बदली रही पूर्ण बदली रही देशका अन्य प्रदेशहरूमा सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ सहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र प्रदेश २ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार १ गते सोमबार

देशभर पूर्ण बदली रहनेछ। प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २ गते मंगलबार

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा पूर्ण बदली रहनेछ।प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५का एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: Jun 14, 2020| 07:48 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।