सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुल्मीमा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९ पुग्यो

गुल्मीमा कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १९ पुग्यो

गुल्मीका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। याे सँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १९ पुगेकाे छ । 
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

गुल्मीका एक कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। याे सँगै नेपालमा काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या १९ पुगेकाे छ । 

जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर चारका ३६ वर्षीय पुरुषको शनिबार राति निधन भएको रेसुङा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

जेठ १२ गते कोरोना पुष्टि भएसँगै उनी सदरमुकाम तम्घासमा उपचार गराई रहेका थिए भने स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि जेठ १३ गतेबाट आइसोलेशनमा राखेर उपचार गरिएको थियो ।

शनिबार राति ९ बजेर २० मिनेट जाँदा उनको निधन भएको र राति नै शवको व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालयल गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले नेपाल समयलाई जानकारी दिए ।

योसँगै गुल्मीमा कोरोना भाइरसका कारण दुइ जनाको मृत्यु भएको छ । यसअघि गुल्मीका कोरोना संक्रमित ४१ वर्षीया पुरुषको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारका क्रममा जेठ ८ गते मृत्यु भएको थियो । 

देशैभर भने कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । शनिबार मात्रै बारा र पर्साका एक एक जनाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको थियो ।

प्रकाशित: Jun 14, 2020| 07:43 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।