सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्वतमा पहिरो : एकै परिवारका तीनको मृत्यु, ६ जना बेपत्ता

पर्वतमा पहिरो : एकै परिवारका तीनको मृत्यु, ६ जना बेपत्ता

पर्वतको कुश्‍मा नगरपालिका ३ दुर्लुङमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पहिरोमा परी ६ जना अझै बेपत्ता छन्।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

पर्वतको कुश्‍मा नगरपालिका ३ दुर्लुङमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार पहिरोमा परी ६ जना अझै बेपत्ता छन्।

पहिरोमा परी मृत्यु हुनेमा कुश्मा ३ काफलचौरका ५२ वर्षीय तुलबहादुर थापा, उनकी श्रीमती ५२ वर्षीया मिनकुमार थापा र उनकी नातिनी ८ वर्षीय बिबिसा थापा छन्।

बेपत्ता हुनेहरुमा सम्राट थापा, दीपा थापा, विवेक थापा, कमला विक, जेनिस विक र प्रमिसा विक छन् ।

पहिरोमा दुई वटा घर पुरिएका छन् भने अर्को एउटा घरमा क्षति पुगेको छ। शनिबार साँझदेखि परेको वर्षाका कारण राति ९ बजे पहिरो गएको थियो।

रातिदेखि नै घटनास्थलमा जिल्ला प्रहरी कार्यालय पर्वत, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको छ।

प्रकाशित: Jun 14, 2020| 06:15 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।