सोमबार, भदौ ८, २०८३

संविधान संशोधनमा अनुपस्थित सांसद को-को हुन् ?

शनिबार संघीय संसदको प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पारित भएको छ।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

काठमाडौं- शनिबार संघीय संसदको प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पारित भएको छ।

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अध्यावधिक नक्सालाई निशान छापमा राख्न गरिएको संविधान संशोधन प्रस्तावमा प्रतिनिधिसभाका २५८ सांसदले पक्षमा मतदान गरी पारित गरिएको हो।

शनिबारको बैठकमा उपस्थित कुल २५८ सांसदले नै प्रस्तावको पक्षमा मतदान गरेका छन् भने जम्मा २७५ मध्ये १७ जना सांसद बैठकमा उपस्थित भएनन् वा मतदान गरेनन्।

मतदान नगर्नेमा एकजना सांसद सभामुख हुन्। उनले सांसद सदस्याका रुपमा मतदान गर्न पाउँदैनन्।

बैठकमा अनुपस्थित भएकामध्ये चारजना सांसद निलम्बित छन्। उनीहरु बैठकमा आउन पाउँदैनन्। जसमा विजयकुमार गच्छदार, मो. आफताव आलम, हरिनारायण रौनियार र रेशम चौधरी छन्।

बाँकी १२ जना सांसद पनि उपस्थित भएनन्। जसमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद साह, शिवकुमार मण्डल, सरिता गिरी, सूर्यनारायणण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल र ज्ञानकुमारी छन्त्याल छन्।

जसमध्ये सरिता गिरी संशोधन विधेयकमा मतदान गर्नुअघि नै संसदबाट बाहिरिएकाले उनलाई उपस्थित सदस्यका रुपमा लिइएको छैन।

बाँकी सांसदहरु व्यक्तिगत कारणबाट उपस्थित हुन नसकेको संसद सचिवालयले जनाएको छ।

संविधान संशोधनका लागि आवश्यक दुई तिहाई मत हो। दुई तिहाईका लागि १ सय ९१ जना सांसद भए पुग्छ।

प्रकाशित: Jun 13, 2020| 19:30 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।