सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश : कांग्रेस

भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश : कांग्रेस

नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्ताव आज संसदबाट वृहत्तर सहमतिका साथ पारित भएसँगै भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश भएको बताएको छ।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

काठमाडौं – नेपाली कांग्रेसले संविधान संशोधनको प्रस्ताव आज संसदबाट वृहत्तर सहमतिका साथ पारित भएसँगै भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश भएको बताएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी वक्तव्यमा भूमि फिर्ताको दोस्रो चरणको अभियानमा अब गम्भीर कुटनैतिक पहलको अपेक्षा गरिएको उल्लेख छ।

'लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू—भाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ संग सम्बन्धित अनुसूची–३ मा संशोधन गर्न संघीय संसदमा प्रस्तुत संविधान संशोधनको प्रस्ताव आज संसदबाट वृहत्तर सहमतिका साथ पारित हुनु ऐतिहासिक रुपले अत्यन्तै महत्वपूर्ण छ। नेपाली कांग्रेस स्वदेश र बिदेशमा रहेका सबै नेपाली दिदिबहिनी दाजुभाइमा बधाई ज्ञापन गर्दछ।', वक्तव्यमा उल्लेख छ।

राष्ट्रियताको पक्षमा प्रस्तुत राष्ट्रिय एक्यवद्धता पछि अब लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक निर्वाध ढंगले स्थापित गर्न सरकारले यो राष्ट्रिय एकतालाई परिपक्व ढंगले उपयोग गर्न जरुरी रहेको कांग्रेसले उल्लेख गरेको छ। नेपाली कांग्रेसले उच्च स्तरीय कुटनैतिक पहल प्रभावकारी र परिणाममुखी ढंगले गर्न सरकारलाई आग्रहसमेत गरेको छ।

'जब–जब राष्ट्रियताको प्रश्न आउँछ या कुनै पनि राष्ट्रिय महत्वको बिषय आउँछ नेपाली कांग्रेस संयमतापूर्वक सदैव संस्थागत निर्णय एवं सुस्पस्ट विचारका साथ दृढ ढंगले उभिंदै आएको छ र आगामी दिनमा पनि त्यसरी नै उभिने छ।', वक्तव्यको अन्तिममा उल्लेख छ।

प्रकाशित: Jun 13, 2020| 19:02 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।