सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महतोले भने, 'मधेसी कतिपटक अग्निपरीक्षामा होमिनुपर्ने हो ?'

महतोले भने, 'मधेसी कतिपटक अग्निपरीक्षामा होमिनुपर्ने हो ?'

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले  लिपुलेक र लिम्पियधुरालाई साँच्चिकै फिर्ता ल्याउन सरकारसँग आग्रह गरेका छन् । 
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

काठमाडौं- जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले  लिपुलेक र लिम्पियधुरालाई साँच्चिकै फिर्ता ल्याउन सरकारसँग आग्रह गरेका छन् । 

प्रतिनिधि सभाको शनिबारको बैठकमा बोल्दै नेता महतोले भने, ‘हिमाल, पहाड, तराई सबैतिरका नेपाली जनता आफ्नो भूमिप्रति सजग, समर्पित र सम्वेदनशील छन् । यो कुरा आजको बैठकले देखाउन सक्नुपर्छ । यो कुरा हामीले आफ्नो कामबाट देखाउन सक्नुपर्छ ।'

उनले राष्ट्रिययताको सवाल आउँदा जहिले पनि मधेशीमाथि प्रश्न उठाउने गरिएको भन्दै थपे, 'राष्ट्रियता भनेको सम्पूर्ण नेपाली जनताको राष्ट्रियता हो। एउटा वर्ग, जात, समुदाय, क्षेत्रको राष्ट्रियता हुनै सक्दैन । यदि त्यस्तो राष्ट्रियता भयो भने त्यो पङ्गु राष्ट्रियता हो । त्यो राष्ट्रियता काम लाग्दैन । त्यो राष्ट्रिय एकता सवल हुन सक्दैन । बलियो हुन सक्दैन । आजबाट राष्ट्रिय एकताको परिभाषा, राष्ट्रियताको परिभाषा, राष्ट्रवाद र राष्ट्रघातको परिभाषा ठिकसँग व्याख्या गरिनुपर्छ र बुझिनुपर्छ ।’

उनले संविधानप्रति आफ्ने अस्तुष्टि हुँदा हुँदै पनि जब भूमि र जनताको कुरा आउँछ त्यसबेला सबै राष्ट्र ऐक्यवद्ध हुने बताए। उनले भने, 'आजको यो प्रस्ताव सामान्य होइन । आजको प्रस्ताव, हाम्रो भूमिको सवाल हो । यसमा सम्पूर्ण जनताको ढुकढुकी छ ।’

नेपाली सीमाको रक्षाका लागि प्रत्येक मधेसी जनता नै सेना बनेर लडिरहेको बताउँदै नेता महतोले देशमा राष्ट्रघातीहरुको पनि खोजी हुनुपर्ने बताए।  उनले भने, “अन्ठाउन्न वर्ष पहिले कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि नेपालको नक्शामा कायम थियो । त्यसलाई कसले हटायो ? त्यसबारे खोजबिन र श्वेतपत्र जारी गरी राष्ट्रघातीलाई पर्दाफास गरी कारबाही गर्नु पर्दैन ? अनि मधेसी, आदिवासी र दलितले राष्ट्रियताका विषयमा कति पटक अग्निपरीक्षामा होमिनुपर्ने हो ?”

नयाँ नक्सा जारी हुन लागेको अवसरलाई उनले राष्ट्रियतासँग जोडिएको बताए । 'यो आम नागरिकको मनसंग जोडिएको सवाल हो । लिम्पियाधारा, लिपुलेक र महाकालीको जग्गा ल्याउने प्रस्ताव  महत्वपूर्ण प्रस्ताव हो ’ उनले भने ।  

 

 

प्रकाशित: Jun 13, 2020| 18:10 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।