धनगढी – सुदूरपश्चिममा शनिबार थप ६४ जनामा कोरोना पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कूल संक्रमितको संख्या २५५ पुगेको छ।
धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। जसमध्ये ५५ पुरुष र ९ महिला रहेका छन्।
नयाँ थपिएका संक्रमितमा डडेल्धुराको नवदुर्गाका २३ र अमरगढीका १ जना रहेका छन्। यस्तै कञ्चनपुरको पुनरवासका २, लालझाडीका १४, महाकालीका ३ बेदकोट र एक अर्को स्थानका १/१ जना रहेका छन्। थपिएका नयाँ संक्रमितमा कैलालीको चुरेका ५, धनगढी र गोदावरीका २ २ जना तथा लम्कीचुहा र टीकापुरका १/१ जना रहेका छन्। बझाङको बिथ्थडचिर र केदारस्यूका २/२ जना र खप्तडछानाका १ जना रहेका छन्। डोटीको जोरायलका २ र सायलका १ जनामा संक्रमण भेटिएको छ।
हालसम्म कैलालीमा ७८, कञ्चनपुरमा ५५, डडेल्धुरामा ३९, अछाममा १६, दार्चुलामा १२, डोटीमा १३, बझाङमा १४, बैतडीमा ६ र बाजुरामा १८ जनामा कोरोना पुष्टि भएको छ। सुदूरपश्चिममा २ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।