सोमबार, भदौ ८, २०८३

गण्डकी प्रदेशका थप ५ जना कोरोना संक्रमणमुक्त

गण्डकी प्रदेशका विभिन्न जिल्लाका थप ५ जना कोरोना संक्रमणमुक्त भएका छन्।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

पोखरा- गण्डकी प्रदेशका विभिन्न जिल्लाका थप ५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार शनिबार दिउँसो विभिन्न जिल्लाका ५ जनाले कोरोना जितेर घर फर्किएका हुन्।

संक्रमणमुक्त हुनेमा नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्व) मा कोरोना संक्रमण पुष्टि भई मध्यविन्दु अस्पतालको आईसोलेसन कक्षमा रहेका कावासोती नगरपालिका–१२ का २६ वर्षीय पुरुष डिस्चार्ज भएका छन्।

यस्तै बाग्लुङको तमानखोला गाउँपालिका–३ का २१ वर्षीय दुई पुरुष पनि कोरोनामुक्त भई डिस्चार्ज भएका छन्।

निर्देशनालयका अनुसार काठमाडौंको हेम्स अस्पतालमा उपचाररत कास्कीको पोखरा महानगरपालिका–८ का ६० वर्षीय पुरुष पनि संक्रमणमुक्त भएका छन्।

यसैगरी कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोना पुष्टि भई उपचाररत गोरखाको आरुघाट गाउँपालिकाका–२ का २५ वर्षीय पुरुष संक्रमणमुक्त भएको गण्डकी स्वास्थ्य निर्देशनलायले जनाएको छ।

शनिबार ५ जना संक्रमणमुक्त भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १६ पुगेको निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए।

 

प्रकाशित: Jun 13, 2020| 17:44 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।