सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लव समूहका नेताको कोठामा ठूलो मात्रामा विस्फोटक पदार्थ

विप्लव समूहका नेताको कोठामा ठूलो मात्रामा विस्फोटक पदार्थ

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहका एक नेताको कोठाबाट प्रहरीले ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको छ।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

काठमाडौं- नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहका एक नेताको कोठाबाट प्रहरीले ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको छ।

बम राखेर भाग्दै गरेको अवस्थामा पक्राउ परेका विप्लव समूहका नेता सानुराजा बज्राचार्यको कोठाबाट प्रहरीले विस्फोटक पदार्थ बरामद गरेको हो।

तारकेश्वर नगरपालिका–११ नेपालटारस्थित बज्राचार्यको कोठाबाट ग्रिनेड, बिस्फोटक पदार्थ तथा बम बनाउने सामग्रीहरु बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए।

बज्राचार्यलाई बंगलामुखी नजिकैको इखाछे भन्ने स्थानमा बम राखेर भाग्दै गर्दा प्रहरीले शुक्रबार राति पक्राउ गरेको थियो।

कटुवा बन्दुक र तीन थान बमसहित उनी पक्राउ परेका थिए।

प्रकाशित: Jun 13, 2020| 17:38 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।