सोमबार, माघ ५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • च्याम्पियन्स लिगमा बायर्न र बार्सिलोनाः ८-२ गोलको बदला लिने दाउमा बार्सिलोना

च्याम्पियन्स लिगमा बायर्न र बार्सिलोनाः ८-२ गोलको बदला लिने दाउमा बार्सिलोना

लिगको पहिलो दिनकै खेलमा जर्मनी हेबिवेट बायर्न म्युनिख र स्पेनिस जायन्ट बार्सिलोना भिड्दैछन्। बार्सिलोना र बायर्नले मंगलबार राति पौने १ बजे बार्सिलोनाको क्याम्प नोउमा खेल्नेछन्। यी दुई क्लबले दुई सिजनअघिको च्याम्पियन्स लिगमा पनि भेट गरेका थिए।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं – युरोपियन च्याम्पियन्स लिग फुटबलको २०२१-२२ को सिजन मंगलबारबाट सुरु हुँदैछ। लिगको पहिलो दिनकै खेलमा जर्मनी हेबिवेट बायर्न म्युनिख र स्पेनिस जायन्ट बार्सिलोना भिड्दैछन्। बार्सिलोना र बायर्नले मंगलबार राति पौने १ बजे बार्सिलोनाको क्याम्प नोउमा खेल्नेछन्।  यी दुई क्लबले दुई सिजनअघिको च्याम्पियन्स लिगमा पनि भेट गरेका थिए।

National life

तर त्यो भेट क्‍वार्टरफाइनलको थियो। बार्यन लिग जितेको त्यो सिजनको क्‍वार्टरफाइनलमा बार्सिलोनासँग ८–२ गोलको सानदरा जित निकालेको थियो।

च्याम्पियन्स लिग इतिहासमा त्यो बार्सिलोनाको निकै ठूलो हार थियो। सन् १९५१ मा उसले एस्पानोयलसँग बेहोरेको ६–० गोलपछिको सबैभन्दा ठूलो हार त्यही नै थियो सायद। त्यसपछि बार्सिलोनाका प्रशिक्षक क्‍विके सेटिएन बर्खास्त भएका थिए।

त्यस दौरान बायर्नमा हान्सी फ्लिक प्रशिक्षक थिए। फ्लिक अहिले बायर्नका प्रशिक्षक छैनन्। उनलाई जुलियन नागेल्स्मेनलले विस्थापन गरिसकेको छन्।

बार्सिलोना र बायर्नको इतिहासको कुरा गर्ने हो भने यी दुईको खेमा बार्सिलोनाले सात हार बेहोरेको छ। बार्सिलोनाले अन्य क्लबको तुलनामा सबैभन्दा धेरे हार बेहोरेको नै बायर्नसँग हो।

Laxmi sunrise bank
kumari

यी कुरा पछिल्ला ११ खेलका हुन्। जहाँ बार्सिलोनाले दुई जित निकालेको छ भने बाँकी दुई खेल बराबरीमा रोकिएका छन्। संयोग कस्तो भने ती दुबै जित नकआउटको पहिलो लेगमा बराबरी खेलेपछिका थिए। एउटा खेल ४-० भएको थियो भने अर्को खेल ३-० भएको थियो।

बार्सिलोना अहिले २२ वर्षपछिको सिजनमा पहिलो पटक बायर्नसँग समूह चरणमा भेट भएको हो। १९९८–९९ को सिजनमा पछिल्लो पटक भेट हुँदा बार्सिलोना समूह चरणबाटै बाहिरिएको थियो।

बार्सिलोना समूह चरणबाटै बाहिरिएको तीन सिजनमध्ये एक थियो त्यो। एक सिजनअघि पनि बार्सिलोना समूह चरणबाटै बाहिरिएको थियो भने अन्तिम पटक २०००-०१ मा पनि समूह चरणबाट बाहिरिएको थियो।

यता बार्यन म्युनिख आफ्नो पछिल्लो १८ अवे खेलमा अपराजित छ। उसले पछिल्लो पटक पीएसजीको मैदानमा बराबरी खेलेको थियो। र पीएसजी अवे गोलको आधारमा विजेता भएको थियो।

तर यो वर्ष अवे गोलको नियम हटाइएको छ। र, अवे गोल धेरै गरेको आधारमा कुनै पनि टिम विजेता हुने छैनन। बायर्नले पछिल्लो १४ अवे खेल जितेको छ भने चार अबे खेल बराबरी गरेको छ।

त्यस्तै, बार्सिलोनाले १९९७ यता पहिलो खेल हारेको छैन। उसले २२ सिजनमा पहिलो खेल हारेको छैन। च्याम्पियन्स लिगको पछिल्लो सिजन इंग्लिस क्लब चेल्सी विजेता भएको थियो। चेल्सीले फाइनलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई हराएर उपाधि जितेको थियो।

र, च्याम्पियन्स लिगको मंगलबार राति साढे १० बजे दुई खेल हुनेछन्। यी दुई खेलसँगै यो सिजिनको च्याम्पियन्स लिग सुरु हुनेछ। स्पेनिस क्लब सेभियाको मैदानमा उसले पाहुना टिम आरबी साल्जबर्गको सामना गर्नेछ। त्यस्तै, योङ बोइजको मैदानमा घरेलु टिमले म्यानचेस्टर युनाइटेडसँग खेल्नेछ।

च्याम्पियनस लिगमा आज आठ खेल हुनेछन्।

च्याम्पियन्स लिगमा यस्तो छ आजको खेल :

- सेभिया र आरबी साल्जबर्ग

- योङ बाइज र म्यानचेस्टर युनाइटेड

- लिल्ल र उल्भ्सबर्ग

- भिल्लारियल र एटलान्टा

- चेल्सी र जेन्ट

- माल्मो र युभेन्टस

- बार्सिलोना र बायर्न

- डाइनामो क्रिव र बेन्फिका


प्रकाशित: Sep 14, 2021| 18:10 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।