सोमबार, भदौ ८, २०८३

सीमा समस्या वार्ताबाटै समाधान गर्नुपर्छ : यादव

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ मा समर्थन गर्दै नेपाल र भारतबीचको सीमा समस्या कुशल वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

काठमाडौं – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ मा समर्थन गर्दै नेपाल र भारतबीचको सीमा समस्या कुशल वार्ताबाट समाधान गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि दफावार छलफलका क्रममा भाग लिँदै अध्यक्ष यादवले सीमांकन कार्य महाकाली र सुस्ताबाहेक टुङ्गिसकेका अवस्थामा यी दुई विषय अझै पेचिलो रहेकाले दुई देश बीचमा हल गर्ने सवालमा पहल नभएकामा चिन्ता प्रकट गरे।

उनले सन् १८१६ को सुगौली सन्धिको धारा ५ मा नेपालले काली पश्चिमको भागमा आफ्नो दाबी छाड्ने सम्झौता गरेको उल्लेख गर्दै पछि महाकाली सम्झौताका बेला प्रस्तावनामा नै अस्पष्ट रुपमा महाकालीको अधिकांश भाग सीमा हुने उल्लेख गरिएकाले गल्ती भएको जिकिर गरे। नेता यादवले महाकालीको मुहानको विषय अझै स्पष्ट नभएको जिकिर गर्दै भने, 'पहिले लिम्पियाधुरासम्मको नक्शा कुन बेला कसको पालामा गायब भयो, त्यसको विषयमा गम्भीर हुनुपर्छ।'

यादवले सन् १९५४ देखि पाँच पटकसम्म चीन र भारतबीच सहमति र सम्झौता भएको र भारतले नेपाली भूभाग अतिक्रमण गरेर विभिन्न संरचना बनाइसकेका सन्दर्भमा सन् १९६५ मा अर्काे सम्झौता भएको भनेर सुनिएकाले त्यसबारे स्पष्ट पार्नसमेत माग गरे।

उनले संसद्मा आइसकेका विषयमा पछि प्रमाण संकलन गर्ने समूह बनाएर सरकार उल्टो बाटोमा लागेको जिकिर गर्दै उक्त समूहमा मधेशी समुदायको सहभागिता नभएकामा आपत्ति जनाए।

प्रकाशित: Jun 13, 2020| 16:43 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।