सोमबार, भदौ ८, २०८३

स्याङ्जामा जीप दुर्घटनामा एकको मृत्यु, ६ जना घाइते

स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

काठमाडौं- स्याङ्जामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

बयरघारी बजारबाट स्वरेकको लागि छुटेको ग२च २३७३ नम्बरको महिन्द्रा जिप भीरकोट–५ को नेटामा दुर्घटना भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा १६ वर्षीया दुर्गा अर्यालको ज्यान गएको छ। अर्यालको उपचारको क्रममा कालिका अस्पताल हेलुमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जानकारी दिएको छ।

राम्दीमा पूजाको फूलपाती सेलाएर फर्किँदै गरेका चढेको उक्त जिप दुर्घटनामा परी घाइते भएका अन्य ६ जनालाई थप उपचारको लागि गण्डकी मेडिकल कलेज, पोखरा पठाइएको स्याङ्जाका प्रहरी उपरीक्षक विमलराज कणेलले जानकारी दिए।

घाइते हुनेमा शान्ति अर्याल, गीता अर्याल, पार्वती अर्याल, शोभा अर्याल, हिमकुमारी अर्याल र सुष्मा अर्याल छन्।

जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

प्रकाशित: Jun 13, 2020| 16:44 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।