सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना अपडेट : मृतकको संख्या १८ पुग्यो, ९१३ जना संक्रमणमुक्त

कोरोना अपडेट : मृतकको संख्या १८ पुग्यो, ९१३ जना संक्रमणमुक्त

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बारा एक र पर्साका एक जनाको मृत्यु भएको हो।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बारा एक र पर्साका एक जनाको मृत्यु भएको हो।

पर्साका २५ वर्षीय पुरुष र निजगढ बाराका ५ वर्षीय बालकको मृत्यु भएको हो। पर्सामा जेठ २८ गते एक पुरुषको शव भेटिएको थियो।

नारायणी अस्पतालमा पोस्टमार्टमका क्रममा स्वाब संकलन गरिएको थियो। त्यही अस्पतालको ल्याबमा गरिएको परीक्षणमा कोनोरा संक्रमण पुष्टि भएको छ।

यस्तै बारा निजगढका बालकको वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। निमोनियाले ग्रस्त उनको आरडीटी र पीसीआर दुवै पोजेटिभ आएको छ ।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ।

यसैगरी पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको कुल संख्या ५ हजार ३३५ पुगेको छ।

 

प्रकाशित: Jun 13, 2020| 16:37 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।