काठमाडौं – पाकिस्तानका पूर्वक्रिकेट कप्तान साहिद अफ्रिदीलाई कोरोना संक्रमण भएको छ।
गत बिहीबार स्वास्थ्यमा समस्या हुँदा उपचारका लागि अस्पताल गएको र कोरोना परीक्षण गर्दा नतिजा पोजेटिभ आएको उनले जानकारी दिएका छन्। साथै अफ्रिदीले आफूलाई चाँडो निको हुन प्रसंसकको आशिर्वाद आवश्यक भएको बताएका छन्।
अलराउण्डर अफ्रिदीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन् २०१८ मा सन्यासको घोषणा गरेका थिए।
अफ्रिदीले २७ टेस्टमा १७१६ रन बनाएका छन् भने ४८ विकेट लिएका छन्। यस्तै ३९८ एकदिवसीयमा ८०६४ रन बनाएका छन् भने ३९५ विकेट लिएका छन्। टीट्वान्टीमा भने ९९ खेलमा १४१६ रन बनाउँदै ९८ विकेट लिएका छन्।