काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको छ। पार्टी संसदीय दलको केही बेरअघि सम्पन्न बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।
बैठकले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७' मा मतदान गर्न कांग्रेसका सबै सांसदलाई संसदमा अनिवार्य उपस्थितिका लागि निर्देशनसमेत गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।