सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाङमा क्वारेन्टिनमा बसेका युवकको उपचार नपाएर मृत्यु

दाङमा क्वारेन्टिनमा बसेका युवकको उपचार नपाएर मृत्यु

दाङमा क्वारेन्टिनमा बसेका एक युवकको समयमै उपचार नपाएर मृत्यु भएको छ।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

काठमाडौं- दाङमा क्वारेन्टिनमा बसेका एक युवकको समयमै उपचार नपाएर मृत्यु भएको छ।

मृत्यु हुनेमा प्यूठानको माण्डवी गाउँपालिका घर भई दाङको बंगलाचुली गाउँपालिकाको भूतनेटा क्वारेन्टिनमा बसेका १८ वर्षीय युवक छन्।

क्वारेन्टिनमा बसेका युवालाई बान्ता हुने र श्वासप्रश्वासमा समस्या देखिएपछि शनिबार बिहान उपचारको लागि बुटवल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए।

“क्वारेन्टिनबाट त हिजै (शुक्रबार) लगिएको हो। तर, जिल्लाका कुनै पनि अस्पतालले गम्भीर बिरामी भएकाले भर्ना लिन मानेनन्,” वलीले भने, “शनिबार बिहान बुटवल लैजाँदै गर्दा बाटैमा मृत्यु भएछ।”

वलीका अनुसार ती युवा बंगलाचुलीका युवाहरुसँगै भारतबाट आएर जेठ ११ गते क्वारेन्टिनमा बसेका थिए।

ती युवकको जेठ २१ गते नै पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको र अहिलेसम्म रिपोर्ट नआएको गाउँपालिकाले जनाएको छ।

युवकको शव आफन्तले प्यूठान लगेका छन्।

प्रकाशित: Jun 13, 2020| 15:26 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।