सोमबार, भदौ ८, २०८३

राजतन्त्रले गुमायो, गणतन्त्रले ल्याउँदै छ : दाहाल

नेकपा अध्यक्ष पुष्पकमल दाहालले राजन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता लिन लागेको बताएका छन्।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

काठमाडौं- नेकपा अध्यक्ष पुष्पकमल दाहालले राजन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता लिन लागेको बताएका छन्।

प्रतिनिधिसभाको शनिबारको बैठकमा सम्बोधन गर्दै दाहालले भने, 'हिजो राजतन्त्र, खासगरी निरंकुश पञ्चायती तानाशाहीको प्रारम्भिक दिनमा राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा हामी आइपुगेका छौं। राजतन्त्रले गुमायो, गणतन्त्रले लिँदै छ। त्यो ऐतिहासिक गौरव यो सदनलाई प्राप्त भएको छ।'

उनले शान्तिप्रक्रिया, संविधान निर्माण, देशमा उत्पन्न प्राकृतिक विपत्तिका बेला दलहरूले राष्ट्रिय जिम्मेवारीका साथ सहकार्य र सहमतिको परम्परा बसालेकाे स्मरण गर्दै संविधान संशोधलनाई त्यही प्रक्रियाको एउटा महत्वपूर्ण कडीका रुपमा लिनुपर्ने बताए। दाहालले भूमि फिर्ता गर्नेजस्ताे राष्ट्रिय मुद्दामा एकजुट हुन सबैसँग अनुराेध गरेका छन्।

प्रकाशित: Jun 13, 2020| 14:42 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।