सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाजुराको क्वारेन्टिनमा पुरुष झुण्डिएको अवस्थामा फेला

बाजुराको क्वारेन्टिनमा पुरुष झुण्डिएको अवस्थामा फेला

धनगढी- बाजुराको एक क्वारेन्टिनमा रहेका युवक झुण्डिएको अवस्थामा फेला परेका छन्।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

धनगढी- बाजुराको एक क्वारेन्टिनमा रहेका युवक झुण्डिएको अवस्थामा फेला परेका छन्।

बाजुराका प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेका अनुसार बडिमालिका नगरपालिका-२, भौनेरास्थित सत्यवादी माविमा बनाइएको क्वारेन्टिनमा रहेका स्थानीय ४५ वर्षीय भूपेन्द्र दमाई शुक्रबार राति ८ः४५ झुण्डिएको अवस्थामा फेला परेका हुन्।

दमाई गत बुधबार भारतबाट फर्किएर क्वारेन्टिनमा बसेको प्रमुख जिल्ला अधिकारी गैह्रेले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार उनी विद्यालयका खाली कोठामा छोरीको कपडामा झुण्डिएको अवस्थामा फेला परेका हुन्। उक्त क्वारेन्टिनमा उनका श्रीमती, दुई छोरा र दुई छोरी रहेको प्रहरीले जनाएको छ।

मृतकको कोरोना परीक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ। यस्तै शव व्यवस्थापन पनि गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Jun 13, 2020| 14:05 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।