काठमाडौं- संसदमा बोल्न नपाएपछि जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएकी छन्।
नेपालको नयाँ नक्सा निशान छापमा समेट्न गरिएको संविधान संशोधन विधेयकमाथि सांसद गिरीले संशाेधन दर्ता गराएकी थिइन्।
संविधान संशाेधन विधेयकमाथि गिरीले दर्ता गराएकाे संशाेधन प्रकृया नपुगेकाे भन्दै सभामुख अग्नी सापकोटाले अस्वीकृत भएको घोषणा गरेलगत्तै उनी बैठकबाट बाहिरिएकी हुन्।
पार्टीको निर्देशन विपरीत गिरीले संविधान संशोधन विधेयकमाथि संशोधन दर्ता गराएकी थिइन्।
उनकाे पार्टी समाजवादी र राजपाबीच एकीकरणपछि बनेकाे जनता समाजवादी पार्टी जसपाकाे शनिबार बिहान बसेकाे संसदीय दलकाे बैठकले सबै सांसदलाई संशाेधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेकाे थियाे।
बैठकमा सभामुखले गिरीलाई बोल्न दिन खोजेका थिए। तर सांसदहरूले होहल्ला गरेका थिए। होहल्लापछि सभामुखले रुलिङबारे जानकारी गराएका थिए।