सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांसद सरिता गिरीको संशोधन प्रस्ताव सभामुखद्वारा खारेज

सांसद सरिता गिरीको संशोधन प्रस्ताव सभामुखद्वारा खारेज

संविधान संशोधन विधेयकमाथि समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गरेका छन् ।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

काठमाडौं-  संविधान संशोधन विधेयकमाथि समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव सभामुख अग्नि सापकोटाले खारेज गरेका छन् ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीका अनुसार प्रतिनिधिसभा बैठकको कार्यसूची तयार पार्नुअघि सभामुखले सांसद सरिता गिरीले दर्ता गराएको विधेयकमाथि संशोधनको प्रस्ताव खारेज गरिदिएका हुन्।

प्रतिनिधिसभाको विधेयक शाखाको टिप्पणीमा प्रतिनिधिसभा सचिव गोपालनाथ योगी र महासचिव भरतराज गौतमको रायअनुसार सभामुखले उक्त निर्णय लिएको बताइएको छ।

गिरीको संशोधन प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ११२ मा रहेका संशोधनका शर्त विपरीत रहेको विधेयक शाखाले टिप्पणी उठाएको थियो।

समाजवादी पार्टीले भने सरकारले प्रस्तुत गर्ने विधेयकको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गरिसकेको छ ।

प्रकाशित: Jun 13, 2020| 13:40 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।