सोमबार, भदौ ८, २०८३

युवाको प्रदर्शनमा दमन नगर्न कांग्रेसको चेतावनी

युवाले गरिरहेको प्रदर्शन कोरोनाविरुद्धको संघर्षमा सरकारको असफलताप्रतिको जनअसन्तुष्टि र जनआक्रोश हो भन्दै कांग्रेसले दमन नगरेर उनीहरुका माग सम्बोधन गर्न सरकारलाई चेतावनी दिएको हो।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गतिविधिविरुद्ध युवाले स्वतस्फूर्त रुपमा गरिरहेको प्रदर्शनमा दमन नगर्न सरकारलाई चेतावनी दिएको छ।

युवाले गरिरहेको प्रदर्शन कोरोनाविरुद्धको संघर्षमा सरकारको असफलताप्रतिको जनअसन्तुष्टि र जनआक्रोश हो भन्दै कांग्रेसले दमन नगरेर उनीहरुका माग सम्बोधन गर्न सरकारलाई चेतावनी दिएको हो।

प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार प्रेश विज्ञप्ति जारी गर्दै प्रतिपक्षले निरन्तर दिएको साथ, सुझाव र घच्घचाहटलाई ओली सरकारले समयमै बुझेको भए कोरोना संक्रमण अहिलेको जसरी विस्तार नहुने उल्लेख गरेका छन्।

सरकारको आग्रह स्वीकारेर जनताले लकडाउनको पालना गर्दै आएको औंल्याउँदै कांग्रेसले कोरोनाविरुद्धको संघर्षलाई सबल ढंगले नेतृत्व गर्न सरकारले नसक्दा परिस्थिति जटिल बन्दै गएको जनाएको छ।

‘त्यसै कारण नागरिकमा निराशा, प्रश्न र आक्रोश जन्मनु स्वाभाविक हो’ विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनमा अभिव्यक्त जनभावना सम्बोधन गर्न र कुनै पनि ढंगले बल प्रयोग गर्ने कार्य नगर्न नेपाली कांग्रेस सरकारलाई चेतावनी दिन चाहन्छ।’

सरकारले समयमै सुझाव ग्रहण गरेर सचेत बनेको अहिलेको अवस्था नआउने भन्दै कांग्रेसले अहिले युवाले गरेको प्रदर्शन पनि त्यसैको जनआक्रोश भएको बताएको छ।

कांग्रेसले चार महिनादेखि अघि सार्दै आएका मुद्दा नै युवाले प्रदर्शनमा अघि सारेको भन्दै विज्ञप्तिमा पीसीआर परीक्षण व्यापक गर्न, स्वास्थ सामग्री पर्याप्त ब्यवस्था गर्न, क्वारेन्टिनहरुलाई मापदण्डयुक्त बनाउन, विदेशमा अप्ठ्यारोमा रहेका नेपालीको यथाशीघ्र उद्धार गर्न माग गरेको छ।

यस्तै कांग्रेसले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर संविधान संशोधनको प्रस्ताव संसदबाट पारित हुन लागेकामा यसलाई भूमि फिर्ताको राष्ट्रिय अभियान दोस्रो चरणमा प्रवेश हुने जनाएको छ।

कांग्रेसले राष्ट्रियताको सवालमा राष्ट्रिय ऐक्यबद्धता महत्त्वपूर्ण रहेको औंल्याउँदै नक्सा पारितपछि ती भूभागमा नेपालको निर्बाध हक स्थापित गर्न उच्चस्तरीय कूटनीतिक पहलका लागि सरकारलाई आग्रह गरेको छ।

साथै असार २ गतेको स्वदेश र विदेशबाट कोरोनाविरुद्धको संघर्षमा प्रभावकारी ढंगले कार्य गर्न सरकारलाई व्यापक दबाब दिन एकै साथ ध्यानाकर्षण गराउने कार्यलाई सफल पार्न पनि कांग्रेसले सबैमा अपिल गरेको छ।

प्रकाशित: Jun 13, 2020| 13:25 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।