सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विधेयकका पक्षमा मतदान गर्न समाजवादीको ह्वीप, गिरीलाई संशोधन फिर्ता लिन पुन: निर्देशन

विधेयकका पक्षमा मतदान गर्न समाजवादीको ह्वीप, गिरीलाई संशोधन फिर्ता लिन पुन: निर्देशन

समाजवादी पार्टीले सरकारले दर्ता गराएको संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

काठमाडौं-  समाजवादी पार्टीले सरकारले दर्ता गराएको संविधान संशोधनको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सांसद सरिता गिरीलाई संविधान संशोधन विधेयकमाथि राखेको संशोधन प्रस्ताव फिर्ता लिन पनि दोहोर्‍याएर निर्देशन दिएको छ ।

दलले ह्वीप जारी गरेर संशोधन फिर्ता गर्न निर्देशन दिएलगत्तै गिरीले यसबारे विचार गर्ने भन्दै बाहिरिएकी छन्।

सकरारले जारी गरेको नयाँ नक्सा अनुसार संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको निसान छापमा रहेको नेपालको नक्सा अद्यावधिक गर्नका लागि संशोधन विधेयक ल्याएको हो ।

सांसद गिरीले सरकारको विधेयक गलत भन्दै संशोधन प्रस्ताव दर्ता गरेकी थिइन् ।

आजको प्रतिनिधिसभाको बैठकले संशोधन विधेयकलाई पारित गर्ने कार्यसूची छ ।

गिरीले दर्ता गराएको संशोधन नियमविपरित भएकाले सभामुखले खारेज गर्न सक्ने कानुविद्हरुले बताएका छन् ।

प्रकाशित: Jun 13, 2020| 13:16 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।