सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारले सार्वजनिक गर्‍यो कोरोना रोकथाम, नियन्त्रण र उपचार खर्च, आठ अर्बभन्दा बढी सकियो

सरकारले सार्वजनिक गर्‍यो कोरोना रोकथाम, नियन्त्रण र उपचार खर्च, आठ अर्बभन्दा बढी सकियो

सरकारले कोरोना भाइरस (कोभिड-१९)रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

काठमाडौं- सरकारले कोरोना भाइरस (कोभिड-१९)रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार ट्विटमार्फत खर्च विवरण सार्वजनिक गरेका हुन्। उनले कोभिड–१९ संकट व्यवस्थापन संचालन केन्द्र (सीसीएमसी) निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको जनाएका छन्।

सार्वजनिक विवरण अनुसार अहिलेसम्म आठ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको छ। त्यसमध्ये संघीय संचित कोषबाट चार अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ खर्च गरिएको छ। उक्त कोषमा पाँच अर्ब ६२ करोड ९२ लाख ४० हजार रुपैयाँ निकासा गरिएको थियो।

संघीय कोषअन्तर्गत सबैभन्दा बढी औषधी स्वास्थ्य सामग्रीमा खर्च गरिएको छ। उक्त शीर्षकमा तीन अर्ब ९० करोड ८८ लाख रुपैयाँ खर्चिइएको छ। त्यसपछि स्वास्थ्य पूर्वाधारमा एक अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा पाँच करोड ८३ लाख ३३ हजार, क्वारेन्टिनमा १३ करोड ५५ लाख ९८ हजार र अन्य शीर्षकमा ४० करोड १५ लाख ९ हजार रुपैयाँ खर्च भएको छ।

मन्त्रालयका आधारमा सबैभन्दा बढी रक्षाले खर्च गरेको छ। उसले दुई अर्ब ४० करोड २४ लाख ५७ हजार खर्च गरेको छ।

त्यसपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक अर्ब ५८ करोड ५२ लाख ८३ हजार, गृहले दुई करोड ४५ लाख ८८ हजार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पााच करोड २० लाख, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दुर्य करोड ६९ लाख ७८ हजार र सहरी विकास मन्त्रालयले एक करोड ४२ लाख रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ।

यस्तै, प्रदेश सरकारबाट एक अर्ब ३० करोड चार लाख ९९ हजार रुपैयाँ खर्च भएको छ।

प्रदेश सरकारमध्ये सबैभन्दा बढी सुदूरपश्चिममा खर्च भएको छ। त्यहाँ ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

त्यसपछि कर्णालीमा २३ करोड ९२ लाख ८३ हजार रुपैयाँ, प्रदेश १ मा १९ करोड ३५ लाख ६० हजार, गण्डकीमा १५ करोड ४२ लाख १० हजार, बाग्मतीमा १३ करोड ६७ लाख, प्रदेश २ मा १३ करोड ३९ लाख ४६ हजार र प्रदेश ५ मा सात करोड ७९ लाख ३० हजार खर्च भएको छ।

स्थानीय तहबाट दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको सार्वजनिक गरिएको खर्च विवरणमा उल्लेख छ।

प्रकाशित: Jun 13, 2020| 13:27 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।