सोमबार, भदौ ८, २०८३

बारामा कोरोना संक्रमणबाट पाँच वर्षीय बालकको मृत्यु

वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका पाँच वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि भएको छ।

बाराको निजगढ नगरपालिका–६ का पाँच वर्षीय बालकको उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो।

नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ती बालकमा कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए।

बालकमा निमोनिया र उच्च ज्वरो आएपछि शुक्रबार नै उपचारका लागि अस्पताल लगिएको थियो। निमोनियाका कारण बालकको अवस्था गम्भीर बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ।

उपचारकै क्रममा अस्पतालले गरेको आरडीटी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि नारायणी अस्पतालका चिकित्सकलाई बोलाएर पीसीआर परीक्षण गरिएको थियो।

योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ। यसअघि आज बिहान बिहान वीरगन्जमै बेवारिसे अवस्थामा भेटिएको शवमा कोरोना संक्रमण पुष्टि भएको थियो।

 

प्रकाशित: Jun 13, 2020| 12:56 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।