सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कञ्चनपुरमा गुडिरहेको मोटरसाइकलमा रुखको हाँगा खस्दा छोरीको मृत्यु, बुबा घाइते

कञ्चनपुरमा गुडिरहेको मोटरसाइकलमा रुखको हाँगा खस्दा छोरीको मृत्यु, बुबा घाइते

कञ्चनपुरमा गुडिरहेको मोटरसाइकलमा रुखको हाँगा खस्दा शनिबार बालिकाको ज्यान गएको छ। दुर्घटनामा बालिकाका बुबा गम्भीर घाइते छन्।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

धनगढी- कञ्चनपुरमा गुडिरहेको मोटरसाइकलमा रुखको हाँगा खस्दा शनिबार बालिकाको ज्यान गएको छ। दुर्घटनामा बालिकाका बुबा गम्भीर घाइते छन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) लालबहादुर थापाका अनुसार कृष्णपुर नगरपालिका-४ स्थित कृषि सडकमा गुडिरहेको से६प ३३८९ नम्बरको मोटरसाइकलमा रुखको काट्न लागिएको हाँगा खसेपछि मोटरसाइकलमा सवार स्थानीय दुई वर्षीया बालिका आरजु खड्काको ज्यान गएको हो।

रुखको हाँगा लागेपछि घाइते बालिकाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा ज्यान गएको उनले जानकारी दिए।

दुर्घटनामा मोटरसाइकल चालक बालिकाका बुबा ३० वर्षीय ज्ञानेन्द्र खड्का गम्भीर घाइते छन्। उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Jun 13, 2020| 11:16 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।