सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वीरगन्जमा भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण, मृतकको संख्या १७ पुग्यो

वीरगन्जमा भेटिएको बेवारिसे शवमा पनि कोरोना संक्रमण, मृतकको संख्या १७ पुग्यो

वीरगन्जमा बेवारिसे अवस्थामा भेटिएको एक शवमा कोरोना संक्रमण देखएिको छ। यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

वीरगन्जमा बेवारिसे अवस्थामा भेटिएको एक शवमा कोरोना संक्रमण देखएिको छ।

यही जेठ २८ गते वीरगन्जको घण्टाघर नजिक वेवारिसे अवस्थामा भेटिएको एक पुरुषको शवमा कोरोना संक्रमण रहेको पुष्टि भएको नारायणी अञ्चल अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए ।

करिब २२/२५ वर्षका जस्तो देखिने अपरिचित पुरुषको शवलाई प्रहरीले नारायणी अस्पतालमा पठाएको थियो।

पोष्टमार्टमसँगै मृतकको स्वाब लिई परीक्षण गर्दा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । कोरोना संक्रमितको शव नारायणी अस्पतालमै छ ।

यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

प्रकाशित: Jun 13, 2020| 08:41 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।