सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरिता गिरीले संशोधन फिर्ता नलिएपछि जसपाले बोलायो संसदीय दलको बैठक

सरिता गिरीले संशोधन फिर्ता नलिएपछि जसपाले बोलायो संसदीय दलको बैठक

जनता समाजवादी पार्टी (जसपा) संविधान संशोधनको पक्षमा भए पनि पार्टीकी एक सांसद सरिता गिरी त्यसको विपक्षमा उभिएपछि त्यसबारे छलफल गर्न पार्टीले संसदीय दलको बैठक बोलाएको छ।
 |  शनिबार, जेठ ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३१, २०७७

जनता समाजवादी पार्टी (जसपा) संविधान संशोधनको पक्षमा भए पनि पार्टीकी एक सांसद सरिता गिरी त्यसको विपक्षमा उभिएपछि त्यसबारे छलफल गर्न पार्टीले संसदीय दलको बैठक बोलाएको छ।

नेपालको नयाँ नक्सा संविधान र निशान छापमा समावेश गर्न सरकारले संविधान संशोधन विधेयक ल्याएको छ। उक्त प्रस्ताव आज संसदबाट पारित गर्ने कार्यसूची छ। तर, जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले त्यसको विरोध गर्दै संविधान संशोधन गर्न नहुने प्रस्ताव संसद सचिवालयमा दर्ता गराएकी छन्।

समाजवादी पार्टीले आफ्नो प्रस्ताव फिर्ता लिन गिरीलाई निर्देशन दिए पनि गिरीले मानेकी छैनन् । प्रस्ताव फिर्ता नलिए कारवाही गर्ने चेतावनी पनि पार्टीले गिरीलाई दिएको छ।

 

प्रकाशित: Jun 13, 2020| 08:13 शनिबार, जेठ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।