सोमबार, भदौ ८, २०८३

कर्णालीमा थप ८३ जनालाई कोरोना संक्रमण

कर्णाली प्रदेशमा थप ८३ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा थप ८३ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ।

कर्णालीको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित सुर्खेत र दैलेखका छन्। सुर्खेतका ४५ र दैलेखका ३८ जनालाई संक्रमण देखिएको महाशाखाले जनाएको छ।

महाशाखाले आज जारी गरेको विज्ञप्ति अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १० का तीन, वडा नम्बर ४, ५, ११ र १२ का एक-एक, चिगाड गाउँपालिका वडा नम्बर २ का चार, वडा नम्बर ३ का एक पुरुषलाई कोरोना संक्रमण देखिएको छ।

यस्तै, लेकवेशी नगरपालिका वडा नम्बर १ का २१ पुरुष, र दुई महिला, वडा नम्बर २ का सात पुरुष, वडा नम्बर ९ का एक पुरुष, सिम्ता गाउँपालिका वडा नम्बर २ र वडा नम्बर ५ का एक-एक पुरुष कोरोना संक्रमित भएका छन्।

दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ का एक, वडा नम्बर ३ का दुई पुरुष, वडा नम्बर ४ का एक पुरुष र १ महिला, वडा नम्बर ५ का दुई पुरुष र दुल्लु अस्पतालकी एक महिलामा कोरोना संक्रमण पाइएको छ।

यस्तै, दुल्लु नगरपालिका वडा नम्बर २ का एक पुरुष, वडा नम्बर ४ का पाँच पुरुष, वडा नम्बर ५ का चार पुरुष र एक महिला, वडा नम्बर ८ का दुई पुरुष र एक महिला, वडा नम्बर ९ का दुई पुरुष, वडा नम्बर १० का दुई पुरुष, वडा नम्बर ११ का एक पुरुष र एक महिला, वडा नम्बर १२ का दुई पुरुष, वडा नम्बर १३ का पाँच पुरुष तथा ठाँटीकाँध गाउँपालिका वडा नम्बर १, २ र ५ का एक-एक पुरुष कोरोना संक्रमित छन्।

यससँगै कर्णालीमा कूल संक्रमितको संख्या आठ सय ४६ पुगेको छ।

यस्तै, आज २२ जना उपचारपछि निको भएर घर फर्किएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार त्यहाँ उपचारपछि निको भएर घर फर्किनेको संख्या ८२ पुगेको छ। 

प्रकाशित: Jun 12, 2020| 16:03 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।