सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लालझाडीमा वन्यजन्तु निगरानीको लागि ‘क्यामेरा ट्रयापिङ’

लालझाडीमा वन्यजन्तु निगरानीको लागि ‘क्यामेरा ट्रयापिङ’

बासस्थान, वन्यजन्तुका प्रजाति पहिचान, चाेरी शिकारी नियन्त्रण र संख्या एकीन गर्न ट्रयापिङ सुरु गरिएको हो।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

कञ्चनपुर– कञ्चनपुरको लालझाडी संरक्षित वन क्षेत्रका वन्यजन्तुको अवस्थाबारे अध्ययन गर्न ‘क्यामेरा ट्रयाापिङ’ गर्न थालिएको छ।

बासस्थान, वन्यजन्तुका प्रजाति पहिचान, चाेरी शिकारी नियन्त्रण र संख्या एकीन गर्न ट्रयापिङ सुरु गरिएको हो।

जेठको पहिलो सातादेखि संरक्षित वन क्षेत्र बाहेकको क्षेत्रमा ट्रयापिङको कार्य भइरहेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजयविक्रम मानन्धरले जानकारी दिए।

“वन्यजन्तुको अवस्था पहिचानसँगै वन्यजन्तुको चोरी शिकारी र वनपैदावार तस्करी गर्नेहरुको पहिचान गर्नका लागि क्यामेरा ट्रा्यापिङको कार्य अगाडि बढाएका छौँ,” उनले भने।

तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा संरक्षित वन क्षेत्रमा उक्त कार्य भइरहेको छ। संरक्षित वन क्षेत्रको चुरेदेखि तराईका क्षेत्रसम्म ४० वटा स्वचालित क्यामेरा जडान गरिएका छन्।

क्यामेरा ट्रयापिङको सहायताले गरिएको अध्ययनमा हालसम्म चित्तल, ठूलो बिरालो, चितुवा, निलगाई, बँदेललगायतका जनावर देखा परेका छन्।
संरक्षित वन क्षेत्रमा जडान गरिएका मध्ये तीनवटा क्यामेरा चोरी भएका छन्।

रासस

प्रकाशित: Jun 12, 2020| 15:56 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।