सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पीसीआर परीक्षण गर्न निजी क्षेत्रका २० प्रयोगशाला इच्छुक

पीसीआर परीक्षण गर्न निजी क्षेत्रका २० प्रयोगशाला इच्छुक

कोरोना भाइरसको पीसीआर परीक्षणका लागि निजी क्षेत्रका २० वटा प्रयोगशाला इच्छुक देखिएका छन्।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं- कोरोना भाइरसको पीसीआर परीक्षणका लागि निजी क्षेत्रका २० वटा प्रयोगशाला इच्छुक देखिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको प्रस्तावअनुसार २० वटाले इच्छा देखाएको प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिए। जेठ २२ गते आह्वान गरिएको प्रस्ताव बुझाउने मिति बिहीबार सकिएको छ।

९ वटा प्रयोगशालाले पीसीआर मेसिन भएको आशयसहितका प्रस्ताव पठाएका छन्। गुप्ताले भने, ‘ती प्रयोगशालाले स्वीकृति पाउनासाथ परीक्षण गर्न सक्नेछन्।’

११ वटा प्रयोशालाले पीसीआर मेसिन नभएको तर अनुमति पाए दुई महिनाभित्र मेसिन खरिद गरी परीक्षण सुरु गर्ने आशयसहितको प्रस्ताव पठाएका छन्।

इच्छुक प्रयोगशाला तथा अस्पताललाई निश्चित मापदण्ड बनाएर परीक्षणका लाग अनुमति दिइनेछ।

यसरी अनुमति पाएका प्रयोगशालामा शुल्क तिरेर कोरोना भाइरसको पीसीआर परीक्षण गर्न सकिनेछ। हाल सरकार मातहतका विभिन्न २१ प्रयोगशालाबाट निःशुल्क परीक्षण हुँदै आएको छ।

नेपालमा अहिलेसम्म १ लाख १५ हजार ९ सय ३७ नमुनाको पीसीआर विधिबाट परीक्षण भएको छ।

प्रकाशित: Jun 12, 2020| 14:45 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।