सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जेल हाल्ने चेतावनीपछि झनै बढ्यो सरकारविरुद्ध प्रदर्शन

जेल हाल्ने चेतावनीपछि झनै बढ्यो सरकारविरुद्ध प्रदर्शन

कोरोना भाइरसको महामारीका बीचमा सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको हिसाब माग्दै केही दिनयता प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन भइरहेका छन्।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं- कोरोना भाइरसको महामारीका बीचमा सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको हिसाब माग्दै केही दिनयता प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन भइरहेका छन्।

स्वतस्फुर्तरुपमा भइरहेका प्रदर्शन दबाउन प्रहरीले हदैसम्मको बल प्रयोग गरिरहेको छ।

सामान्यतया प्रतिपक्षी दलहरुले सरकारविरुद्ध प्रदर्शन गर्ने परम्परा रहे पनि यसपटकको प्रदर्शनमा कुनै प्रतिपक्षी दल भन्दा पनि स्वतस्फुर्त रुपमा युवाहरु उपस्थित भएका छन्।

शान्तिपूर्ण तरिकाले ठूलो संख्यामा युवाहरु प्रदर्शनमा आइरहेका छन्। उनीहरुको हातमा प्लाकार्ड छ भने कुनै पनि नाराजुलुस वा उग्र प्रदर्शन छैन।

यसरी गरिएको प्रदर्शनमा कोरोना भाइरसको महामारीबाट जनतालाई जोगाउन पीसीआर परीक्षण बढाउन तथा आरडीटी परीक्षण बन्द गर्न माग गरिएको छ। त्यस्तै क्वारेन्टिनमा बसेकालाई उचित वातावरण बनाउन आग्रह गरिएको छ।

सरकारले कोरोना भाइरसको रोकथाम तथा उपचारका नाममा गरेको १० अर्ब रुपैयाँको हिसाब प्रष्ट पार्नुपर्ने माग गरिएको छ।

त्यस्तै कोरोना भाइरसको संकटसँग जुध्नुपर्ने समयमा अनावश्यक रुपमा भइरहेको खर्च घटाउन, शासकहरुले गरिरहेका फजुल खर्च कटौति गर्न आह्वान गरिएको छ।

यीनै प्रदर्शनहरुलाई मध्येनजर गर्दै बिहीबार गृहमन्त्रालयले संक्रामक ऐनलाई अगाडि सार्दै १ महिनादेखि ६ महिनासम्म जेल हाल्ने चेतावनी दिएको छ।

यो चेतावनीअघिम्म काठमाडौं र जनकपुर बाहेक अन्य ठाउँमा खासै यसप्रकारका प्रदर्शन भएका थिएनन्।

कुनै पनि राजनीतिक संगठनको आह्वानबिना शुक्रबार देशका थुप्रै जिल्लामा प्रदर्शन भएका छन्।

शुक्रबार भएका प्रदर्शनमा विभिन्न राजनीतिक दलमा आबद्ध विद्यार्थीहरुसमेत सहभागी थिए।

यद्यपि सबै प्रदर्शनहरु शान्तिपूर्ण रुपमा भएका छन्।

यसरी प्रदर्शनमा उत्रिनेहरुले ‘बरु ६ महिना जेल बस्न तयार छौँ, सरकारले गरेको अनियमितता हेरेर बस्न सक्दैनौँ’ जस्ता नारा लेखिएका प्लाकार्डसमेत बोकेका छन्।

Image may contain: 1 person, sitting, standing and outdoor
बुटवलमा भइरहेकाे शान्तिपूर्ण प्रदर्शन
गाेरखा सदरमुकाममा सामाजिक दूरी कायम गर्दै भएकाे प्रदर्शन

प्रकाशित: Jun 12, 2020| 14:05 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।