सोमबार, भदौ ८, २०८३

ड्युटीमा रहेका सैनिककाे गोली लागेर मृत्यु

वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत नेपाली सेनाका प्युठ डम्बरबहादुर विष्टकाे गाेली लागेर मृत्यु भएकाे छ।
 |  शुक्रबार, जेठ ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं- वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कार्यरत नेपाली सेनाका प्युठ डम्बरबहादुर विष्टकाे गाेली लागेर मृत्यु भएकाे छ। प्रहरीका अनुसार अस्पतालमा ड्युटीमा रहेका डम्बरबहादुर विष्ट शुक्रबार मृत अवस्थामा फेला परेका हुन्।

महानगरीय प्रहरी परिसरका एसएसपी श्यामलाल ज्ञवालीले विष्टको छातीमा गोली लागेको बताए। उनलाई कसले गोली हान्यो वा उनले  आत्महत्या गरेका हुन् भन्ने विवरण खुलेको छैन।

ज्ञवालीले प्रारम्भिक अनुसन्धानबाट विष्ट आफैंले बोकेको एसएलआरबाट गोली चलाएजस्तो देखिने जानकारी दिए। घटनाबारे थप विवरण विस्तृत अनुसन्धानपछि मात्र प्राप्त हुने उनले बताए।

विष्टको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

प्रकाशित: Jun 12, 2020| 08:21 शुक्रबार, जेठ ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।