आइतबार, चैत ८, २०८२

निपा भाइरस खतरनाक छ, हेलचेक्र्याइँ नगरौं : स्वास्थ्य मन्त्रालय

सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं– सरकारले निपा भाइरसको संक्रमणबाट बच्न सबै नागरिकलाई अपिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले निपा भाइरस प्राणघातक भएको उल्लेख गर्दै त्यसबाट बच्न सबै नागरिकलाई आग्रह गरेका हुन्।

National life

प्रवक्ता पौडेलले निपा भाइरस प्राणघातक भएको भन्दै कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने बताए। उनले निपा भाइरसको कुनै भ्याक्सिन बनि नसकेकोले यसबाट बच्न सबै सचेत र सतर्क हुनुपर्ने बेला आएको बताए। प्रवक्ता पौडेलले निपा भाइरसको मृत्युदर निकै उच्च रहेको र यो भाइरस फलफूल बढी खाने चमेरो (फ्रुट ब्याट) बाट पशुमा र पशुबाट मानिसमा सर्ने बताए।

निपा भाइरसले मस्तिष्कमा चाँडो असर गर्ने, कोमामा पु¥याउने र बेहोस बनाउने गरेको बताउँदै प्रवक्ता पौडेलले पशुपन्छीले जुठो पारेका, खोपेर छोडेका फलफूलहरु असावधानीवश पनि नखान आग्रह गरे।

प्रवक्ता पौडेलले भने, ‘हालसम्म नेपालमा पुष्टि भइसकेको छैन। तर यो अलिकति प्राणघातक छ, यसको मृत्युदर उच्च छ। यसले छिटै मस्तिष्कमा असर गर्छ। रिंगटा चल्छ, बेहोस गराउन सक्छ, ज्वरो आउँछ, टाउको दुख्छ। यस्ता लक्षण देखिए अस्पतालमा जाऔं। सही सूचना दिऔं, आतंकित नबनौं तर मापदण्ड नभुलौं।’

निपा भाइरस विशेषगरी शरीरको ¥याल, दिसापिसाब लगायतको तरल पदार्थबाट सर्ने गर्छ। यो भाइरस विश्वमा पहिलोपटक सन् १९९९ मा मलेसियाको बंगुर फार्ममा भेटिएको थियो। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 14, 2021| 17:12 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्