शनिबार, साउन १६, २०८३

कोरोना संक्रमणबाट १९ जनाको मृत्यु, १५६२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १९ जनाको मृत्यु भएको छ।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार यही अवधिमा एक हजार ५६२ कोरोना भाइरस संक्रमित थपिएका छन्। 

१० हजार २६६ को पीसीआर परीक्षण गर्दा एक हजार १८० र चार हजार १७७ को एन्टीजेन परीक्षण गर्दा ३८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।  

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पताहरुबाट एक हजार ५८९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेका छन्। 

प्रकाशित: Sep 14, 2021| 16:48 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्