सोमबार, भदौ ८, २०८३

उपचारपछि घर फर्किंदै गर्दा बाटोमै मृत्यु

उपचारपछि घर फर्किने क्रममा अर्घाखाँचीको मालारानीका एक व्यक्तिको मृत्यु भएको छ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

काठमाडौं– उपचारपछि घर फर्किने क्रममा अर्घाखाँचीको मालारानीका एक व्यक्तिको मृत्यु भएको छ।

मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बस्दा बिरामी भएपछि ५७ वर्षीय यमप्रसाद खनाललाई उपचारको लागि बुटवल लगिएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले गोरुसिङ्गे–सन्धिखर्क सडकको कोन्द्रे खोलामा खनालको मृत्यु भएको जानकारी दिए।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको शल्यक्रियासमेत गरिएको थियो। कोरोना परीक्षणको लागि खनालको स्वाब पठाइएको छ।

प्रकाशित: Jun 10, 2020| 16:32 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।