सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आरोपित पक्राउ परेपछि एनएमसीका चिकित्सकको आन्दोलन स्थगित

आरोपित पक्राउ परेपछि एनएमसीका चिकित्सकको आन्दोलन स्थगित

नेपाल मेडिकल कलेज जोरपाटीमा चिकित्सकमाथि भएको हातपातको घटनाका आरोपित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि चिकित्सकहरुले आन्दोलन स्थगित गर्ने भएका छन्।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

काठमाडौं- १४ जेठमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि बिरामीका आक्रोशित आफन्तले चिकित्सकमाथि हातपात गरेका थिए। उक्त घटनामा संलग्नलाई कारवाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा थिए।

आज प्रहरीले घटनाका आरोपित दुई जनालाई नियन्त्रणमा लिएको हो ।

‘दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि आन्दोलन स्थगित गरेका छौं। हातपात गरिएको सीसीटीभी फुटेज गायब गरिएको विषयमा पनि छलफल हुँदै छ,’ आन्दोलनका संयोजक डा. गुञ्जन खड्काले भने, ‘अब कसरी अघि बढ्ने भन्ने आजै बैठक बसेर निर्णय लिन्छौ ।’

यसअघि प्रहरीले उक्त हातपातको घटनाको समयको सिसिटीभी फुटेज गायब पारेको अभियोगमा दुई जनालाई पक्राउ गरेको थियो ।

उक्त घटनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुसन्धान गर्ने र दोषीमाथि कारवाही गर्ने प्रतिवद्धता जनाएपछि मन्त्रालय र

चिकित्सकहरुबीच २१ जेठमा ५ बुँदे सहमति भए पनि कारवाहीको प्रक्रिया अघि नबढेको भन्दै नेपाल मेडिकल कलेजका चिकित्सकहरु आन्दोलनमै थिए।

प्रकाशित: Jun 10, 2020| 16:30 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।