सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'गणतन्त्रको विरोध गर्न राष्ट्रपतिविरूद्ध प्रहार गरियो'

'गणतन्त्रको विरोध गर्न राष्ट्रपतिविरूद्ध प्रहार गरियो'

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको विरोध गर्न राष्ट्रपतिविरूद्ध प्रहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रको विरोध गर्न राष्ट्रपतिविरूद्ध प्रहार गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा उनले मिडिया तथा केही व्यक्तिहरु उद्देश्यमूलक ढंगले सरकार तथा व्यवस्थाविरुद्ध नै लाग्न थालेको बताए।

सञ्चारमाध्यमसहित केही व्यक्तिले राम्रा कुरा गर्नै नजानेको भन्दै उनले आश्चर्य प्रकट गरे। 

प्रधानमन्त्री ओलीले राष्ट्रपति निवासको प्रयोजनका लागि किनिएको सामग्रीको विरोध कारान्तरले गणतन्त्रकै विरोध भएको टिप्पणी गरे।

“राष्ट्रपतिले यो सामग्री किन, यो नकिन भन्ने कुरा आउँदैन। चौरी चिटिक्क पार भन्ने कुरा आउँदैन,” उनले तर्क गरे। प्रधानमन्त्रीलाई पनि आफ्नो निवासमा कस्तो कार्पेट हालिँदैछ वा कसले हाल्दैछ भन्ने थाहा नहुने बताए।

यस्तै, प्रधानमन्त्री ओलीले अस्पतालमा स्वाब नमुनासमेत नथुप्रिने प्रतिबद्धता जनाएका छन्।

उनले नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाएका १५ जनामा कोरोनाकै कारणले मात्रै नमरेको बताए। “मर्ने व्यक्तिमा विभिन्न रोग थिए। विभिन्न संक्रमण थिए,” प्रधानमन्त्री ओलीले भने।

उनले विदेशको तुलनामा नेपालको संक्रमण दर ठूलो नभएको उनको दाबी छ। उनका अनुसार विदेशमा रहेका १४ हजार ४५४ जना नेपालीमा संक्रमण देखिएको छ। नेपालमा भने चार हजार ८५ मात्रै संक्रमित छन्।

नेपालमा अहिले दैनिक पाँच हजार जनाको कोरोना परीक्षण भइरहेको र परीक्षण बढाउन थप मेसिन ल्याउने तयारी भइरहेको उनले जानकारी दिए। 

प्रकाशित: Jun 10, 2020| 13:30 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।