सोमबार, भदौ ८, २०८३

खटाएको ठाउँमा नजाने चिकित्सकसँग स्पष्टीकरण माग

कोरोना महामारीको संकटका बेला खटाएको ठाउँमा नजाने चिकित्सकलाई प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

काठमाडौं- कोरोना महामारीको संकटका बेला खटाएको ठाउँमा नजाने चिकित्सकलाई प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ।

सरकारले खटाएको स्वास्थ्य केन्द्रमा काम गर्न नगएकी मेडिकल अधिकृत डा. सीमा शर्मालाई सात दिनभित्र जवाफसहित उपस्थित हुन मन्त्रालयले अल्टिमेटम दिएको हो।

डा. शर्मालाई रुपन्देहीको शुद्धोधन गाउँपालिकास्थित मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खटाइएकोमा बिना जानकारी दुई महिनासम्म काममा नगएको मन्त्रालयले जनाएको छ।

डा. शर्मा चैत १८ गतेदेखि हालसम्म विना जानकारी अनुपस्थित भएको मन्त्रालयले जनाएको छ।

सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका २०७१ को दफा २० को उपदफा (५) वमोजिम डा. शर्मासँग गरिएको करार सम्झौता रद्द गर्न स्वास्थ्य सेवा विभाग पठाउने पत्रमा उल्लेख छ।

निर्देशिकाबमोजिम कारबाही गर्नु नपर्ने भए कारणसहित सात दिनभित्र सम्बन्धित निकायमा उपस्थित हुन मन्त्रालयले भनेको छ।

प्रकाशित: Jun 10, 2020| 13:28 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।