काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हामीले प्रयोग गर्ने भाषाबारे चिन्ता व्यक्त गरेका छन्।
‘कहिले ओम्नी भन्या छ, कहिले कसको चर्चा गरेको छ। अब जथाभाबी नै बोल्ने भए त भैगो। तर कहिले विशाल ग्रुपसँग मिल्यो भनेको छ। त्यसैले सांसदले प्रमाणसँग राम्रो भाषमा बोल्नुपर्छ। यसमा मेरो ध्यान गएको छ,’ बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘अहिले भारतले नेपाली भूमि लगेको छ। उसले सेना राखेर कब्जा गरेको छ। सेना नराख्दासम्म त्यो भूमि हाम्रो नै थियो। तर अहिले त्यस्तो अवस्था छैन।’
उनले अहिलेको सरकार लहलहैमा नकुद्ने भन्दै राष्ट्रको स्वाभिमान जेमा छ, त्यसैमा कुद्ने बताएका छन्। उनले सांसदमा प्रधानमन्त्रीलाई बोलाउँदा प्रयोग गरिने भाषाबारे पनि असन्तोष व्यक्त गरेका छन्।
सांसदको भनाइ उद्धत गर्दै प्रधानमन्त्रीले भने, ‘‘के पार्टीले प्रधानमन्त्रीलाई संसदमा बोल्न प्रतिबन्ध लगाएको हो र ? यस्तो भन्नु संसदमा मर्यादित हुँदैन। मबाहेक पनि नेकपाका सबैमा राष्ट्रियता रहेको सबैले बुझ्नुपर्छ।’ ‘बरु अहिले कालापानी, लिपुलेकबारे बोलौं। त्यसमा हाम्रो भलो हुन्छ,’ प्रधानमन्त्रीले भने।