सोमबार, भदौ ८, २०८३

धनुषामा गोली हानेर युवकको हत्या

धनुषामा गोली हानेर एक युवकको हत्या भएको छ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

जनकपुरधाम- धनुषामा गोली हानेर एक युवकको हत्या भएको छ। जिल्लाको सबैला नगरपालिका–७ नवटोली बस्ने जयकिशोर मण्डलका २५ वर्षीय छोरा अरुण मण्डलको गोली प्रहार गरी हत्या भएको हो। अरुणको कन्चटमा गोली लागेको छ।

अरुणको शव बुधबार बिहान घरभन्दा करिब सय मिटरको दूरीमा हत्या गरिएको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए।

अरुणलाई मंगलबार साँझ चारपाँचजनाको संख्यामा रहेका गाउँकै साथीले घरबाट बोलाएर लगेका थिए। ‘कोही परिचित व्यक्ति अरुणलाई घरबाट बोलाएर लगेको बुझिएको छ,’ कार्कीले भने, ‘घरबाट बोलाएर लग्ने मानिसले अरुणको हत्या गरेको हुन सक्छ।’

अरुणलाई घरबाट बोलाएर लग्ने मानिस फरार रहेको कार्कीले बताए। चिनजानकै व्यक्तिले घरबाट बोलाएर लगेकोले व्यक्तिगत रिसिइबीका कारण अरुणको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ ।

घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरी टोली परिचालन गरिएको र उनी पक्राउ परेपछि थप कुरा खुल्ने डीएसपी कार्कीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको कार्कीले जनाएका छन्।

प्रकाशित: Jun 10, 2020| 13:16 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।