सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा टिपर खस्दा २ को मृत्यु, ६ बेपत्ता, ३१ जनाको उद्धार (अपडेट)

कर्णालीमा टिपर खस्दा २ को मृत्यु, ६ बेपत्ता, ३१ जनाको उद्धार (अपडेट)

कर्णाली नदीमा टिपर खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

सुर्खेत– कर्णाली नदीमा टिपर खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

३९ जना बोकेको टिपर दुर्घटना हुँदा ६ जना बेपत्ता भएका छन् भने ३१ जनाको उद्धार गरी जिल्ला अस्पताल कालिकोट लगिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीएसपी लोकनाथ तिमिल्सेनाका अनुसार घटनामा ४ जना गम्भीर घाइते भएका छन्।

कर्णाली करिडोरअन्तर्गत लालीघाटको भीरबाट टिपर नदीमा खसेको थियो।

आज बिहान करिब १० बजेर २० मिनेटमा टिपर नदीको खसेको प्रहरीले जनाएको छ।

भारतबाट फर्किएका ३९ जनालाई रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा लिंँदै गर्दा ना ८ ख ५१३३ नम्बरका टिपर दुर्घटनामा परेको थियो।

प्रकाशित: Jun 10, 2020| 12:28 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।