सुर्खेत- सीमाबाट उद्धार गरिएका नेपाली बोकेर क्वारेन्टिनतर्फ जाँदै गरेको टिपर कालिकोटमा दुर्घटना भएको छ।
कालिकोटको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनतर्फ जाँदै गरेको टिपर आज बिहान ९ बजे कर्णाली करिडोरअन्तर्गत लालीघाटको भीरबाट नदीमा खसेको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ।
प्रहरी कार्यालयका सूचना अधिकारी लोकनाथ तिमिल्सेनाले टिपरमा ३९ यात्रु रहेको बताए।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।