सोमबार, भदौ ८, २०८३

रुपन्देहीमा बन्चरो प्रहार गरी छोराको हत्या

रुपन्देहीमा एक जनाले बन्चरो प्रहार गरी १५ वर्षीय छोराको हत्या गरेका छन्।
 |  बुधबार, जेठ २८, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ २८, २०७७

काठमाडौं- रुपन्देहीमा एक जनाले बन्चरो प्रहार गरी १५ वर्षीय छोराको हत्या गरेका छन्।

जिल्लाको कञ्चन गाउँपालिका–१ कुुचेराका रिमबहादुुर कुमालले १५ वर्षीय छोरा सुदीपलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन्।

घरमा सुतिरहेको बेला सुदीपको घाँटी, मुख र टाउकोमा बन्चरो प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

बन्चरो प्रहारबाट गम्भीर घाइते उनको लुुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय, सालझण्डीका प्रहरी निरीक्षक कमल परियारले जानकारी दिए।

रिमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न सकेको छैन।

प्रकाशित: Jun 10, 2020| 11:29 बुधबार, जेठ २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।